शनिबार, पुस १२, २०८२

प्रतिपक्षीले तर्साउँदैमा राजीनामा दिन्नँ: गृहमन्त्री लेखक

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

काठमाडौं- भिजिट भिसाका नाममा मानव बेचबिखनमा मुछिएका गृहमन्त्री रमेश लेखकले प्रतिपक्षीलाई तर्साउँदैमा पदबाट राजीनामा नदिने अडान लिएका छन्।

National life

उनले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरूलाई थुप्रै प्रश्न गर्दै आफूले राजीनामा नदिने बताएका हुन्।

मंगलबार र बुधबार भिजिट भिसा प्रकरणमा संसद्‌मा जवाफ दिन समय मागेका लेखकले प्रतिपक्षी दलहरूको अवरोधपछि बोल्न पाएका थिएनन्। 

उनले एउटा कर्मचारीमाथि प्रश्न उठ्दैमा राजनीतिक नेतृत्वले राजीनामा दिँदै जाने हो भने कहाँ पुगिन्छ भन्दै प्रतिपक्षी दलहरूलाई प्रश्न पनि गरे। लेखकले भोलि प्रतिपक्षी दलमा भएका नेताहरू पनि मन्त्री बन्नुपर्ने भन्दै ख्याल राख्न आग्रह गरे।

‘म माथि प्रश्न उठाउने माननीय साथीहरूलाई आग्रह गर्न चाहन्छु। म मात्रै शासन सत्तामा बसिराख्ने होइन। यो भन्दा पहिले पनि बसिसक्नु भएको छ। म मात्र बस्ने होइन। बस्नु पनि होला’, उनले भने ‘यो निरन्तर चलिराख्या छ। तर उहाँहरूले मलाई जोड्न खोजेको विषय भोलिका दिनमा उहाँहरूले यसरी नै शासन चलाउने अपेक्षा गर्नु भएको हो? यति कुरा मैले निवेदन गर्नुपर्छ। यदि त्यस्तो हो भने उहाँ पनि भोलि यस्ता प्रश्नबाट भाग्न पाउनुहुने छैन।’

Laxmi sunrise bank
kumari

भोलिका दिनमा आफूलाई जस्तै प्रश्न उठेमा आफूहरूले पनि राजीनामा माग्नुपर्ने अवस्था सिर्जना हुने भन्दै धम्कीका शैलीमा लेखकले यस्ता विषयमा चुप लाग्नुपर्ने आशय व्यक्त गरे।

उनले अगाडिका मन्त्रीका समयमा समेत मन्त्रालयकै कर्मचारीमाथि छानबिन हुँदा पदबाट राजीनामा दिनु नपरेको प्रसंग उठाउँदै तीन वर्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको केसहरूसमेत प्रस्तुत गरेका थिए।

प्रकाशित: May 28, 2025| 18:41 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्