काठमाडौं- सीआईबीको डीएसपी हुँ भन्दै रकम असुलेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् ।
उनलाई सीआईबीको टोलीले भक्तपुरको कमेरेटारबाट मंगलबार पक्राउ गरेको हो। उनले एक व्यक्तिलाई आफू सीआईबीको डीएसपी भन्दै बलात्कार मुद्दामा फसाउन भनेर ८ लाख ४० हजार रुपैयाँ असुलेको पाइएको सीआईबीले बताएको छ।
ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध यसअघि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलेको थियो।