सोमबार, असोज १२, २०८३

काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीको निधन भएको छ।

मिर्गौला रोगबाट ग्रसित नगरकोटी ११ जेठमा घरमै लडेका थिए । लडेर अचेत भएका नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको महानगरपालिकाले जनाएको छ ।

नगरकोटीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई महानगर प्रमुख बालेन शाह, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित अधिकारीहरूले आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

प्रकाशित: May 28, 2025| 18:29 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्