शनिबार, पुस १२, २०८२

काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीको निधन भएको छ।

मिर्गौला रोगबाट ग्रसित नगरकोटी ११ जेठमा घरमै लडेका थिए । लडेर अचेत भएका नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको महानगरपालिकाले जनाएको छ ।

नगरकोटीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई महानगर प्रमुख बालेन शाह, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित अधिकारीहरूले आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

प्रकाशित: May 28, 2025| 18:29 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्