शनिबार, असार ६, २०८३

ज्यान मार्ने उद्योगमा पूर्वमन्त्री अफताब आलमलाई सफाइ

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

काठमाडौं- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अफताब आलमले सफाइ पाएका छन्। उनले बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएका हुन्।

National life

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले पूर्वसांसद आलमलाई 'ज्यान मार्ने उद्योग' तथा 'कर्तव्य ज्यानसम्बन्धी कसुर'बाट सफाइ दिएको हो।

न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको अदालतको वेबसाइटमा उल्लेख छ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा 'बूथ कब्जा गर्ने उद्देश्यले' बम बनाउने क्रममा विष्फोट हुँदा कम्तीमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनामा परी घाइते भएका अन्य १३ जनालाई समेत जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो।

आलमले पछिल्लो पटक २०७४ मा रौतहट क्षेत्र नम्बर २ बाट संसदीय निर्वाचन जितेका थिए। तर कार्यकाल पूरा नहुँदै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी निलम्बनमा परेका थिए।
 

Shivam cement

प्रकाशित: May 28, 2025| 18:27 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्