बिहीबार, जेठ १५, २०८२

लमजुङमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

 |  बुधबार, जेठ १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

vianetvianet

लमजुङ- लमजुङको सुन्दर बजार नगरपालिका-९ बुद्धटोलस्थित भरत थापाको घरमा आज बुधबार बिहान आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका-१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो।

आज बिहान करिब ३:३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए।

तर जलेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बेँसीसहरस्थित प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 28, 2025| 14:18 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्