बुधबार, जेठ १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • यौन दुराचारमा सफाइ पाएका रामबहादुर बमजन सम्पत्ति शुद्धीकरणमा कारागार चलान

यौन दुराचारमा सफाइ पाएका रामबहादुर बमजन सम्पत्ति शुद्धीकरणमा कारागार चलान

 |  मंगलबार, जेठ १३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०८२

vianetvianet

यौन दुराचार मुद्दामा सफाइ पाएका रामबहादुर बमजन अर्को मुद्दामा कारागार चलान भएका छन्। बमजनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। उनी दोस्रोपटक पुर्पक्षका लागि कारागार चलान भएका हुन्। यसअघि यौन दुराचार मुद्दामा पुर्पक्षमा पठाइएका उनले सफाइ पाएका थिए।

अदालतको आदेशबमोजिम बमजनलाई सर्लाही सदरमुकाम मलंगवास्थित कारागारमा चलान गरिसकिएको प्रहरीले जनाएको छ। बमजनमाथि गएको फागुन ५ गते अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो ।

बम्जनविरुद्ध यसअघि सर्लाही जिल्ला अदालतले आनिमाथि यौन दुराचार मुद्दामा २०८१ असार १० गते १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय तोकेको थियो । उच्च अदालत जनकपुरले गएको चैत ६ गते सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई कारागारमुक्त गरेको थियो ।
 

प्रकाशित: May 27, 2025| 09:48 मंगलबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्