शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दूधको पैसा किसानलाई दिन व्यवसायीको मनोमानी, भुक्तानी माग्दा उठाउनै छोड्छन् दूध

दूधको पैसा किसानलाई दिन व्यवसायीको मनोमानी, भुक्तानी माग्दा उठाउनै छोड्छन् दूध

 |  सोमबार, जेठ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०८२

चितवन- चितवनका केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन्। भुक्तानीका लागि दबाब दिन यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सो चेतावनी दिएका हुन्।

National life

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भन्छन् ‘अहिले भुक्तानी माग गरेका सहकारीहरुबाट दूध उठ्न कठिन भएको छ।’ यहाँ उत्पादित दूध सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र निजी कम्पनीले लैजान्छन्।

उनका अनुसार जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले विभिन्न डेरीहरुबाट ८० करोड रुपैयाँ बढी भुक्तानी पाउन बाँकी छ। सो रकममध्ये डिडिसीको ३५ करोड बढी रहेको छ भने अन्य रकम निजी डेरीहरुको हो।

अध्यक्ष बगालेका अनुसार जिल्लाबाट ४० भन्दा बढी डेरीले दूध लैजाने गरेका छन्। ती डेरीहरुले भुक्तानी माग्दा दूध नै थाेरै लग्ने गरेका हुन्। उनी भन्छन्, ‘किसानले भुक्तानी माग्दा डेरीहरुले दूध उठाउन कम गर्छन्।’ कतिपय डेरीहरुले नियमित लैजाने दूधबाट कटौती गरेर थोरै लैजान थालेको उनले जानकारी दिए।

गत पुस १ गतेदेखिको भुक्तानी लिन बाँकी छ। यस्तै अवस्था आए दुग्ध उत्पादक किसान आन्दोलनमा आउन बाध्य हुने उनले बताए। जिल्लाबाट दैनिक एक लाख ५१ हजार लिटर दूध बाहिर जान्छ। जसमध्ये ३५ हजार लिटर दूध डीडीसीले लान्छ। हाल दैनिक ३ लाख लिटर बढी दूध उत्पादन हुँदै आएको छ।

Laxmi sunrise bank
kumari

दूधकाे भुक्तानी ढिलाइ भएपछि संघले स्थानीय प्रशासनसँग सहजीकरण गर्न आग्रह गरेकाे छ। समस्या समाधान गर्न स्थानीय प्रशासन समन्वयका लागि तयार रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बताए। भुक्तानी दिन ढिला गर्ने उद्योगलाई सम्पर्क गरेर, बोलाएर छलफल गर्ने तथा गृह र कृषि मन्त्रालयसँग आफूले समन्वय गर्ने उनकाे भनाइ छ। रासस

प्रकाशित: May 26, 2025| 16:01 सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्