शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बसुन्धरामा स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा किशोरीको मृत्यु

बसुन्धरामा स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा किशोरीको मृत्यु

 |  सोमबार, जेठ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०८२
National life
Shivam cement

काठमाडौं- काठमाडौँको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ। 
  
काठमाडौँ महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौँको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा आज निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ। 

प्रकाशित: May 26, 2025| 15:14 सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्