शनिबार, पुस १२, २०८२

ग्यास लिक भएर आगलागी हुँदा दाजु-बहिनीको मृत्यु

 |  सोमबार, जेठ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०८२

कपिलवस्तु- कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ।

National life

आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाने क्रममा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।

रेगुलेटर खोल्ने बित्तिकै ग्यास लिक भएर एक्कासी आगो लागेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए। प्रहरीले घट्नास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत रहेको प्रधानाध्यापक लालचन्द्र पाण्डेले जानकारी दिए। 

प्रकाशित: May 26, 2025| 13:27 सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्