शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सडकमा जुधिरहेका थिए दुई साँढे, स्कुटर ठोक्किँदा चालकको मृत्यु

सडकमा जुधिरहेका थिए दुई साँढे, स्कुटर ठोक्किँदा चालकको मृत्यु

 |  सोमबार, जेठ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०८२

जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ।

National life

सडकमा दुई साँढे लडाइँ गरिरहेका बेला स्कुटर दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका-७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो।

मधेश प्र ०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम-६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए।

उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषा प्रहरीले जनाएको छ।
 

प्रकाशित: May 26, 2025| 10:05 सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्