शनिबार, पुस १२, २०८२

ग्यासको रेगुलेटर बिग्रिँदा आगलागी, दाजुबहिनीको मृत्यु

 |  सोमबार, जेठ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०८२

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ जयनगरमा आगलागी हुँदा दाजुबहिनीको मृत्यु भएको छ।

National life

आइतबार साँझ घरमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खराब भएपछि आगो लागेको प्रहरीले जनाएको छ।

घरनजिकै गोठमा ग्यास लिक भएर आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाजु २५ वर्षीय शिवकुमार यादव गम्भीर घाइते भएका थिए। दुवैलाई आइतबार राति उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको थियो। सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।  

मृतक सोनम राष्ट्रिय उच्च मावि मुरफुटवा कक्षा १० मा अध्ययनरत थिइन्। उनको मृत्युपछि विद्यालयले सोमबार शोक बिदा दिएको छ। दुवैको शव भीम अस्पताल भैरहवामा राखिएको छ।
 

प्रकाशित: May 26, 2025| 10:03 सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्