शनिबार, पुस १२, २०८२

बालकोटमा कोठाभित्र महिला मृत फेला

 |  आइतबार, जेठ ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०८२

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

National life

बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको घरमा डेरा गरेर बस्ने ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी हुन्।

भक्तपुर प्रहरीका अनुसार आइतबार दिँसो १ बजेर ५० मिनेटमा उनी कोठाभित्रै मृत अवस्थामा फेला परेकी हुन्। कोठामा भित्रबाट चुकुल लगाइएको थियो । 

घटनास्थलमा सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ। मृतक शाहीका छोराछोरी विदेशमा र श्रीमान् कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ।

प्रकाशित: May 25, 2025| 16:41 आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्