इलामको माङसेबुङमा विषाक्त च्याउ खाएर बिरामी परेका तीन जनाको मृत्यु भएको छ। माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको मृत्यु भएको हो।
केही दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए। मनीषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो। लावतीको आज बीएनसी अस्पतालमा मृत्यु भएको हो।