शनिबार, पुस १२, २०८२

चितवनको मकैमा अमेरिकी फौजी कीरा

 |  आइतबार, जेठ ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०८२

चितवन- जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ। जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार-पाँचजना किसान फौजी कीराको समस्या लिएर पुग्ने गरेका छन्।

National life

कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएकाे मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ। ‘यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको सङ्क्रमण नरोकिएको हो’ उनले भनिन्।

मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको छ। जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ।यहाँ कतै मकै पाकेको छ भने कतै लगाउँदै गरेका छन्। यामअनुसारको मकै र बेमौसमी मकैखेती हुने हुँदा कीराको आक्रमण बढेको हो।

जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको विकास अधिकृत चाैहानकाे भनाइ छ। धानमा पनि फौजी कीरा देखिने भएकाले हरेक याममा मकैखेतीमा यसले आक्रमण भइरहेकाे हाे। अमेरिकन फौजी कीरा पुतली वर्गको रात्रिचर कीरा हो।

यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्दछ। मकैबाली मन पराउने यस कीराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पुर्‍याउने बागबानी विकास अधिकृत चौहान जानकारी दिएकी छन्। उनका अनुसार यस कीराको लार्भाले मकैको पात गुभो, घोगा तथा डाठमा क्षति पुर्‍याउँछ।

Laxmi sunrise bank
kumari

यसले कलिलो अवस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा बढ्दै गएपछि पातमा प्वाल पार्ने र छियाछिया बनाउने गर्छ। पुराना मकैका ठूटालाई आगो लगाएर जलाउन, मकै भाँचिसकेपछि खेतबारीलाई गहिरोसँग खनजोत गर्न, मकै उम्रेदेखि नियमित रूपमा खेतबारीको अवलोकन गरी कीराका बारेमा बुझ्न र केही समय बारी खाली राख्न अधिकृत चौहानले सुझाव दिएकी छन्। 

साथै मकैलाई कोसेबालीसँग अन्तर बाली लगाउँदा सङ्क्रमण कम हुने, पासोबालीको रूपमा नेपियर घाँसको प्रयोग गर्न, कीराको सङ्क्रमण देखिएमा नीमजन्य विषादी प्रयोग गर्न पनि उनकाे सुझाव छ। रासस

प्रकाशित: May 25, 2025| 16:01 आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्