शनिबार, असार ६, २०८३

मादी जिप दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

 |  आइतबार, जेठ ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०८२

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। 

National life

मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०/२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन्।

घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ।

दुर्घटनाका घाइतेलाई  नेपाल प्रहरी र नेपाली सेनाले  उद्धार गरेका थिए।

Shivam cement

प्रकाशित: May 25, 2025| 10:05 आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्