शनिबार, असार ६, २०८३

तिलामा असिनापानीले स्याउ बगैँमाचामा क्षति

 |  आइतबार, जेठ ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०८२
National life
Shivam cement

जुम्ला- असिना सहितको वर्षात्ले यहाँका स्याउ बगैँचामा क्षति पुर्‍याएको छ। तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पु¥याएको हो।  

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए। झण्डै आधा फिट असिना परेको थियो। वडाध्यक्ष रावतले भन्नुभयो, “पाकेको बाली खेतबारीमै झारेको छ। सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ। स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ।” असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ।

प्रकाशित: May 25, 2025| 10:04 आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्