शनिबार, असार ६, २०८३

भारतमा फेरि फैलिन थाल्यो कोरोना

 |  शनिबार, जेठ १०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०८२

भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि फैलिन थालेको छ।

National life

भारतीय सञ्चारमाध्यमहरूले सरकारी विवरणलाई उद्धृत गर्दै भारतमा कोरोना भाइरस संक्रमण फैलिन थालेको उल्लेख गरेका छन्।

गत महिनामा न्यून र घट्दो क्रममा रहेको कोरोना भाइरस संक्रमण मे महिनायता बढ्न थालेको टाइम्स अफ इन्डियाले जनाएको छ।

मे महिनामा कोरोना संक्रमितको संख्या बढेर २५७ जना पुगेको समाचारमा उल्लेख छ। दिल्लीमा अघिल्लो साता दुई जना संक्रमितको मृत्यु समेत भएको छ।

केरल, तामिलनाडु र महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित राज्य हुन्। कुल संक्रमितमध्ये ८५ प्रतिशत संख्या यी तीन राज्यका मात्रै छन्।

Shivam cement

कोरोनाको पहिलो लहरयता भारतमा झन्डै साढे ४ करोड मानिस संक्रमित भएका थिए। तीमध्ये ५ लाख ३३ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको तथ्यांक छ।

प्रकाशित: May 24, 2025| 19:19 शनिबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्