आइतबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नागढुंगा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द हुने, यी हुन् विकल्प

नागढुंगा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द हुने, यी हुन् विकल्प

 |  शनिबार, जेठ १०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०८२

vianetvianet

काठमाडौं- सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ। 

नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०:३० बजेदेखि अपाह्न ३ बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए। 

आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ। नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ। 

प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरे­त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।

National life insurance

प्रकाशित: May 24, 2025| 18:39 शनिबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्