शनिबार, असार ६, २०८३

दश महिनामा विपद्का आठ हजार घटना, ५८९ जनाको मृत्यु

 |  शनिबार, जेठ १०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०८२

काठमाडौं- पछिल्लो १० महिनामा औसतमा दैनिक २७ वटा विपद्का घटना घटेका छन्। 

National life

ती घटनामा मृत्यु भएका ५८९ जनाको शव व्यवस्थापन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। उनका अनुसार गएको मनसुनमा धेरै विपद्जन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो। प्रवक्ता थापाले १० महिनामा विपद्का आठ हजार २८३ घटना घटेको बताए। ती घटनाहरुमा परेर एक हजार ५१८ घाइते भएका छन्। कूल ३२ परिवार विस्थापित भएको उनले बताए।

ती विपद्जन्य घटनाहरुमा ५३ हजार प्रहरी जनशक्ति परिचालन गरी खोजतलास, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। मनसुन प्रवेशको सँघारमा रहेकाले विपद् प्रतिकार्यका लागि प्रहरीले योजना निर्माण गरी आवश्यक तयारी गरिरहेको प्रवक्ता थापाको भनाइ छ। 

केन्द्रमा विपद् व्यवस्थापन कार्यालय रहेको र सबै प्रदेशमा विपद् व्यवस्थापन गुल्ममार्फत टोली परिचालन हुने जनाइएको छ। जिल्लामा आवश्यकताका आधारमा विपद् व्यवस्थापन टोली परिचालन हुने प्रहरीले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदर भन्दा बढी वर्षा हुने आँकलन सार्वजनिक गरिसकेकाले प्रभावकारी विपद् व्यवस्थापन अघि बढाउन आवश्यक भएको र सोहीअनुसार तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
 

Shivam cement

प्रकाशित: May 24, 2025| 18:35 शनिबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्