शनिबार, असार ६, २०८३

यार्सा टिप्ने समूहबीच झडप हुँदा हवाई फायर

 |  शनिबार, जेठ १०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०८२

काठमाडौँ- यार्सा संकलन गर्ने क्रममा डोल्पामा दुई समूहबीच झडप भएको छ।

National life

डोल्पाको ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच शनिबार दिउँसो झडप भएको हो।

पूर्वी रुकुम मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयबीच सीमा इलाकाको विषयमा विवाद भई झडप भएको हो। त्यहाँ करिब ७ सय मानिस भेला भएका सशस्त्र प्रहरीले जनाएको छ।

स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले दुई राउण्ड हवाई फायर गरेको हो।

अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको छ।

Shivam cement

प्रकाशित: May 24, 2025| 18:27 शनिबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्