आइतबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गृहमन्त्री लेखकलाई राजीनामा दिन कांग्रेस नेता कोइरालाको सुझाव

गृहमन्त्री लेखकलाई राजीनामा दिन कांग्रेस नेता कोइरालाको सुझाव

 |  शनिबार, जेठ १०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०८२

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएका छन्। 

गृहमन्त्री लेखकलाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न कोइरालाले सुझाव दिएका हुन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।

उनले भने, 'गृह मन्त्रालय उहाँकै अन्डरमा छ। उहाँले नैतिकताको हिसाबमा ल म क्लिन छु, म अहिले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस्, गर्नुस् तपार्इँहरू भने भइहाल्यो नि, सकियो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’

मन्त्रालयले भने आजै विज्ञप्ति जारी गरेर यो प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको दाबी गरेको छ । 
 

प्रकाशित: May 24, 2025| 18:23 शनिबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्