शनिबार, असार ६, २०८३

हावाहुरीले अकबरे खुर्सानीमा क्षति, किसान चिन्तित

 |  शनिबार, जेठ १०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०८२

भोजपुर- वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति भएपछि भोजपुर बोखिमका किसान चिन्तित बनेका छन्। हुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन्।

National life

निरन्तरको वर्षाले फल्ने बेला भएको खुर्सानीमा क्षति भएको कृषक कुमार विष्टले बताए। राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ।

बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन्। मल्चिङ प्रविधिबाट यहाँका किसानले खुर्सानीको खेती गरिरहेका छन्।

पछिल्लो समय दैविक प्रकोपको अलावा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, कीरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ।

भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ।

Shivam cement

प्रकाशित: May 24, 2025| 10:31 शनिबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्