बिहीबार, असार ५, २०८२

कान्ति लोकपथ शुक्रबार रातिदेखि अवरुद्ध

 |  शनिबार, जेठ १०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०८२

vianetvianet

बागमती- हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अबरुद्ध भएको छ। 

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२  जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए। कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौँ आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे।

प्रकाशित: May 24, 2025| 07:49 शनिबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्