शनिबार, असार ६, २०८३

राति सँगै सुतेका दिदीबहिनी अचेत फेला, उपचारका क्रममा मृत्यु

 |  शुक्रबार, जेठ ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०८२

दाङको तुलसीपुरमा कोठाभित्रै अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।

National life

सल्यानको बागचौर नगरपालिका–११ बाफुखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार बिहीबार राति सवा ९ बजे अचेत अवस्थामा फेला परेका थिए।

गम्भीर अवस्थाका दुवैको उद्धार गरी प्रहरीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको थियो। एक जनाको घोराहीमा र अर्की किशोरीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। चिकित्सकका अनुसार दुवैले विषादी खाएका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुवैजना कक्षा ११ मा अध्ययनरत रहेको खुलेको छ। दीपा शान्तिनगर गाउँपालिका–२ स्थित जनकल्याण माविमा र दिपु घोराहीको एक  विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। उनीहरु नाताले मामा-फुपूका छोरी अर्थात् दिदीबहिनी हुन्।

बिहीबार दिउँसोमात्रै दिपु घोराहीबाट दिपाको कोठामा आएकी थिइन्। सँगै बसेका उनीहरु राति अचेत अवस्थामा फेला परेपछि अस्पताल पुर्‍याइएको प्रहरीले बताएको छ।
 

Shivam cement

प्रकाशित: May 23, 2025| 10:25 शुक्रबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्