आइतबार, जेठ १८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दाहसंस्कार गर्न लागिएको बालिकाको शव प्रहरी नियन्त्रणमा, बाउ र काकी पक्राउ

दाहसंस्कार गर्न लागिएको बालिकाको शव प्रहरी नियन्त्रणमा, बाउ र काकी पक्राउ

 |  शुक्रबार, जेठ ९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०८२

vianetvianet

संखुवासभाको भोटखोला गाउँपालिका–४ मा ६ वर्षीया बालिकाको शव दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले बालिकाको शव नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शवगृहमा राखेको छ र घटनाको अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका लागि मृतकका बालिकाका बुबा र काकीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव नियन्त्रणमा लिएको हो। गत वैशाख ३० गते गोपाल र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवाद भएको थियो। झगडाको क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको बताइएको छ। लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो ।

उनको शव दाहसंस्कारको लागि नोबेल अस्पतालबाट घर लैजाँदै गर्दा बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको अनुसन्धानका लागि युनिकाका बुबा गोपाल र काकी कल्पनालाई नियन्त्रणमा लिइएको छ। उनीहरुमाथि अनुसन्धानका लागि आज अदालतमा उपस्थित गराएर म्याद लिने तयारी छ।
 

National life insurance

प्रकाशित: May 23, 2025| 10:20 शुक्रबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्