शनिबार, असार ६, २०८३

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आजै आदेश आउन सक्ने

 |  शुक्रबार, जेठ ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ। 

National life

बहस नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको निवेदनमा शुक्रबार पनि सुनुवाइ हुने भएको हो। आज जाहेरवालाको बहस सकिएपछि रविका वकिलले जवाफी बहस गरेपश्चात रिटमा आजै आदेश आउने सम्भावना छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ त्यसयता ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ। 

लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन्।  

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। यो आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। हाल लामिछाने रुपन्देही कारागारमा छन्।

Shivam cement

प्रकाशित: May 23, 2025| 07:59 शुक्रबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्