शनिबार, पुस १२, २०८२

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

 |  शुक्रबार, जेठ ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०८२

वीरगञ्ज- जिल्ला निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्नेको सङ्ख्या तीन लाख ५१ हजार ६२८ जना पुगेको छ। कार्यालयका प्रमुख अनामिका रौनियारले पर्सामा सबैभन्दा धेरै मतदाता वीरगञ्ज महानगरमा रहेको जानकारी दिए।

National life

“महानगरमा एक लाख ३२ हजार ३९३ जना मतदाता रहनुभएको छ”, उनले भने, “महानगरमा पुरुष मतदाता सङ्ख्या ७५ हजार १६९ रहेको छभने महिला मतदाताको सङ्ख्या ५७ हजार २२० जना रहेका छन्।” कार्यालयका अनुसार पछिल्लो समय महिलाहरू मतदाता नामावलीमा आफ्ना नाम राख्न इच्छुक हुँदै गइरहेका छन्।

वीरगञ्ज महानगरमा अन्य समुदायका मतदाता सङ्ख्या भने चार जना छन्। कार्यालयका अनुसार छिपरमाई गाउँपालिकामा १५ हजार ९७२, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६७२, धोबिनी गाउँपालिकामा १२ हजार ४२५ जना मतदाता रहेका छन्।

पकहाँमैनपुर गाउँपालिकामा १२ हजार ५९२ जना रहेका छन्। त्यसैगरी विन्दवासिनी गाउँपालिकामा १५ हजार १८८ र सखुवाप्रसौनी गाउँपालिकामा २० हजार १४४ मतदाता छन्।

कालिकामाई गाउँपालिकामा १३ हजार २८२, जिराभवानी गाउँपालिकामा १४ हजार २६४ र ठोरी गाउँपालिकामा १४ हजार ६७६ जना छन्। पटेर्वा सुगौली गाउँपालिकामा १४ हजार ३३, पर्सागढी नगरपालिकामा २२ हजार ९५१ जना मतदाता रहेका छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै पोखरिया नगरपालिकामा २० हजार ४३ र बहुदरमाई नगरपालिकामा पनि २४ हजार ९९३ जना मतदाता रहेका छन्। पर्सामा अन्य समुदायका १५ जना मतदाता छन्।

प्रकाशित: May 23, 2025| 08:20 शुक्रबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्