शनिबार, असार ६, २०८३

चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

 |  शुक्रबार, जेठ ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०८२
National life
Shivam cement

भरतपुर- खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: May 23, 2025| 07:14 शुक्रबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्