सोमबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • तिलगाउँका बासिन्दालाई सुरक्षित बसोबासको प्रबन्ध गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

तिलगाउँका बासिन्दालाई सुरक्षित बसोबासको प्रबन्ध गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

 |  सोमबार, जेठ ५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

vianetvianet
National life insurance

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा लेदोसहितको पहिरोका जोखिममा रहेका बासिन्दाको उद्धार र सुरक्षित बसोबारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, “तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र  उद्धारमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशित गर्दछु ।”

अध्यक्ष दाहालले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमासमेत ध्यान दिन सरकारलाई आग्रह गरेका हुन्। उनले भन्छन्, “त्यहाँ हिमताल फुटेर पहिरो आएकाले बस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको कुराले झन गम्भीर बनाएको छ ।”

प्रकाशित: May 19, 2025| 09:12 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्