शनिबार, पुस १२, २०८२

पटक-पटक विद्युत कटौतीको समस्या समाधान गर्न सांसदहरूको माग

 |  आइतबार, जेठ ४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०८२

काठमाडौं- प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले समयसमयमा विद्युत आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरेका हुन्।

National life

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भने, ‘अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु।’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत प्राधिकरणको लापरबाहीका कारण विद्युत क्षेत्रमा काम गर्ने कामदारको अनाहकमा मृत्यु भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।

‘हिजोका दिनमा लोडसेडिङ अन्त्य भएको थियो, पछिल्लो समय लोडसेडिङ भएजसरी झ्यापझ्याप बत्ती जान्छ। के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो’ उनले प्रश्न गरे। साथै नियमित विद्युत आपूर्तिका लागि ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणको ध्यानाकर्षणसमेत गराएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सराज अहमद फारुकीले पछिल्लो समय सडक दुर्घटनाका घटना बढ्दै गएका उल्लेख गर्दै दुर्घटना न्यूनीकरणसम्बन्धी योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले काभ्रेपलाञ्चोकमा विद्युत जडानका क्रममा उमेश परियारको करेन्ट लागेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

जनमत पार्टीका सांसद अब्दुल खाँनले शनिबार सर्लाहीको पर्सा-५ तसलिम अन्सारीलाई केही व्यक्तिले मारपिट गरी बङ्गुरको खोरमा थुनेको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनले मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक र पहिचानको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए।

Laxmi sunrise bank
kumari

माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले केही दिनअघि विद्युत मर्मतका क्रममा करेन्ट लागेर मृत्यु भएका २८ वर्षीय उमेश परियारको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन्। रासस

प्रकाशित: May 18, 2025| 13:36 आइतबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्