शनिबार, असार ६, २०८३

सिन्धुलीमा कारको ठक्करबाट बालकको मृत्यु

 |  मंगलबार, वैशाख ३०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२
National life
Shivam cement

सिन्धुली- दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी  ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। 

कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो। प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: May 13, 2025| 15:35 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्