काठमाडौं- सिराहा, मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित सडकमा बा.प्र.०१-००४ क २९५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय महेन्द्र महराको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ। हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिहरेको छ।
बाँके, नरैनापुर गाउँपालिका-६ जमुनी चोकस्थित सडकमा यूपी ३२ इएस ७१४९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया साखरून खाँ को सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालिमा थप उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।
कैलाली, घोडाघोडी नगरपालिका-२ टनकपुरस्थित सडकमा से.७ प ७३७२ नम्बरको मोटरसाइकललाई बा.प्र.०१००६ ख ७१५० नम्बरको हाइसले सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-११ बस्ने ४५ वर्षीय नर बहादुर कडायतको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ पानीधारास्थित सडकमा लु. ३४ प ३१४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक बाणगंगा नगरपालिका-८ बोडगाउँ बस्ने ५० वर्षीय राम प्रसाद खनालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाईटेड अस्पताल गजेडहवामा उपचारको क्रममा मृत्यु भएको हो।
रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-१० अमलाटाकुरास्थित सडकमा लु.प्र.०२-००१ च ०१७७ नम्बरको जिप अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५० वर्षीय नर बहादुर वली र ४४ वर्षीया लिला वली रहेका छन्। दुर्घटनामा नर बहादुरको घटनास्थलमै र गम्भीर घाइते भएकी लिलाको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका चालक समेत २ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ।
दुर्घटनाका यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृत फेला
सर्लाही, बागमती नगरपालिका-१२ कर्मैयास्थित भरत तालमा सोही नगरपालिका-७ राजघाट बस्ने ६७ वर्षीय पाले सार्की सोमबार मृत अवस्थामा फेला परेका छन्।
गुल्मी, छत्रकोट गाउँपालिका-१ बोटेगाउँ रेग्दी छहरास्थित बडिगार्ड खोला छेउमा सोही गाउँपालिका-२ दाईछाप बुटिलगाउँ बस्ने ४५ वर्षीय ज्ञान बहादुर राकस मंगलबार मृत अवस्थामा फेला परेका छन्।
रौतहट, बौधीमाई नगरपालिका-५ स्थित नासी पुलमुनी परोहा नगरपालिका-६ बसन्त पट्टी बस्ने ७० वर्षीय महादेव महतो सोमबार मृत अवस्थामा फेला परेका छन्।
ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ पौवास्थित मैवाखोलाको किनारामा मैवाखोला गाउँपालिका-१ बैरिया टोल बस्ने ३५ वर्षीय मनोज लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन्।