मंगलबार, असोज १३, २०८३

पनौतीमा बाढीले बगाएकी महिलाको अवस्था अझै अज्ञात

 |  मंगलबार, वैशाख ३०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२

पनौती- सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको खोजी सूरु गरिएको प्रहरीले जनाएको छ। साँझ ६ बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्। 

मेला गएर फर्किने क्रममा खोलामा आएको बाढीले उनलाई बगाएको हो। कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजी स्थगित गरिएको थियो। आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजी शुरु गरेको घलेले जानकारी दिए।

सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो। 

प्रकाशित: May 13, 2025| 08:03 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्