सुन्धारास्थित काठमाडौं मलअगाडि दुइटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
बा३४प४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
सोमबार बिहान भएको दुर्घटनामा बा३४प ४३२० नम्बरको मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ का ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अर्का मोटरसाइकल चालकको ट्रमा सेन्टरमै उपचार भइरहेको छ।