रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० तिमिलेमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो दुर्घटना भएको हो।
दुर्घटनामा सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भई हाल दाङमा बस्दै आएका ५० वर्षका नरबहादुर ओलीको घटनास्थालमै र उनकी श्रीमती ४४ वर्षकी लीला ओलीको उपचारका लागि चौरजहारीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नरबहादुरकी माइली आमा र चालक दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनीहरुलाई चौरजहारीको मिसन अस्पतालमा पुर्याइएको छ।
दाङबाट कुलपूजामा सहभागी हुन रुकुम गएका उनीहरु आज दिउँसो २ बजेतिर दुर्घटनामा परेका हुन्।