शनिबार, पुस १२, २०८२

महोत्तरीमा पानीको हाहाकार

 |  सोमबार, वैशाख २९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०८२

महोत्तरी- महोत्तरीमा पानीको हाहाकार बढेको छ। जिल्लाका गौशाला, बर्दिबास र भङ्गाहा नगर क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो। खानेपानीका स्रोतहरू खोल्साखोल्सी, जरुवा, नदी, इनार र चापाकल सुक्न थालेका छन्।

National life

खोल्साखोल्सी र नदीको पानी सङ्ग्रह गरेर वितरण गरिने बर्दिबास र गौशाला नगरका धारामा पानी आउन छाडेको छ। पानीको सङ्कटले सर्वसाधारण हैरान छन्।

बर्दिबासका १४ मध्ये १० वटा वडा पूर्ण रुपले सङ्ग्रह गरेर धाराबाट वितरण गरिने पानीमा आश्रित छन्। यहाँका चार वडामा इनार बढी प्रयोगमा छन्। बर्दिबास–१२ का दुई/तीनवटा बस्तीमा चापाकल छन्। ‘हेर्नोस् न, धारा त चल्नै छाड्यो, अब के गर्ने होला ?,’ बर्दिबास–२ बँदेलखाडीकी गृहिणी पवित्रा खड्का भन्छिन्, ‘यो गर्मीमा सास कसरी अल्झाउने ?” पछिल्ला केही सातायता धाराबाट कतिखेर पानी झर्छ भनेर रातरातभर कुरेर बिताइएको खड्काको भनाइ छ।

बर्दिबास–१२ को जुडी, बर्दिबास–१ को पानीखोल्सी, शिरखोला एवं भङ्गहा–४ का कदमखाडी, जोकाहा र भुताहा जरुवा पानीको ठाउँमा टल्कने बालुवा मात्रै देखिन्छ। बर्दिबास र गौशालाका दक्षिणी भेग भङ्गाहाका इनारमा अब डोल नै डुब्न छाडेका छन्। गौशालाका ६, ७ र ९ नम्बर वडाबस्तीका आर्टिजन बोरिङ (पानी बगी रहने)मा पानी झर्न छाडेको गौशाला–९ डुमरवानाका शिवशरण राय बताउँछन्।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा पानीको अभाव बढ्दै गए पनि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रमा भने बढी हाहाकार भएको हो।

Laxmi sunrise bank
kumari

अहिले पुरानो चारकोसे झाडी वन क्षेत्रमा पानी नभेटेपछि वन्यजन्तु बस्ती पसेका छन्। पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरी दिँदा किसान दोहोरो मारमा परेका छन्।

नयाँ वर्षसँगै वैशाखको पहिलो सातामा दुईपटक पानी परे पनि त्यसयताको प्रचण्ड रापले मुहान रसाउन नसकेका बर्दिबास–३ कालापानीका ७५ वर्षीय नरबहादुर पुलामी बताउँछन्। पछिल्ला चार/पाँच दिनयता बिहान ११ देखि साँझ चार बजेसम्म सधैँजसो तापक्रम ४० डिग्री सेल्सियसको सेरोफेरोमा रहँदा बजार चहलपहल र हिँड्डुल निकै पातलिएको छ। -रासस

प्रकाशित: May 12, 2025| 10:09 सोमबार, वैशाख २९, २०८२
प्रतिक्रिया दिनुहोस्