शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भारत र पाकिस्तानमा रहेका नेपालीको जीवन रक्षाका लागि महामन्त्री शर्माको माग

भारत र पाकिस्तानमा रहेका नेपालीको जीवन रक्षाका लागि महामन्त्री शर्माको माग

 |  शुक्रबार, वैशाख २६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०८२

vianetvianet

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र पाकिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षाका लागि गम्भीर पहल गर्न सरकारसँग माग गरेका छन्।

triton college

दुवै देशमा नेपालीहरू अध्ययन, श्रम र व्यवसायमा रहेको उल्लेख गर्दै महामन्त्री शर्माले उनीहरूको जीवन युद्धले जोखिममा पर्ने भएकोले अविलम्ब गम्भीर पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्।

‘भारत र पाकिस्तानमा हजारौं नेपाली विद्यार्थी अध्ययनमा, लाखौं नेपाली श्रम र व्यवसायमा छन्। युद्धले जोखिममा पर्दैछ तिनको जीवन। कश्मिरको आतंकवादी हमलामा हाम्रा युवा सुदीप न्यौपाने मारिएको स्मरण गर्दै प्रधानमन्त्रीज्यू, त्यहाँ रहेका नेपालीको जीवन रक्षामा अविलम्ब गम्भीर पहल गरियोस्,’ महामन्त्री शर्माले भनेका छन्।

पछिल्लो समय भारत र पाकिस्तानबीच तनावको स्थिति सिर्जना भएको छ र दुवै देश युद्धमा उत्रिएका छन्।

प्रकाशित: May 09, 2025| 12:05 शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्