शुक्रबार, असार ५, २०८३

देशका अधिकांश भागमा आज मौसम सफा रहने

 |  शुक्रबार, वैशाख २६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०८२
National life
Shivam cement

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। 

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ।

प्रकाशित: May 09, 2025| 07:04 शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्