बिहीबार, वैशाख २५, २०८२

बगरको तरबुजाखेतीले फेरिँदैछ मुक्तकमैयाको जीवनशैली

 |  बिहीबार, वैशाख २५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०८२

vianetvianet

कञ्चनपुर- कृष्णपुर नगरपालिका-२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन्। बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन्। बगरमा १०० बढी परिवारले उत्पादन गरेका तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन्।

triton college

यी टहराबाट उनीहरुले तरबुजालगायत फल बिक्री गर्दै आएका छन्। साँझबिहान राजमार्गमा निकै भीडभाड हुन्छ।। यो भीड तरबुजा र काँक्रो खरिद गर्ने ग्राहकको हो। ६ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल राना राजमार्ग छेउको कारोबारले वर्षभरिको घरको खर्च चल्ने बताउँछन्। तरबुजालगायत फल बिक्री गरेर दैनिक २ हजारदेखि ३ हजार ५०० सम्म आम्दानी हुने गरेको उनको भनाइ छ।

बैशाखदेखि असारसम्म ३ लाखदेखि ५ लाख रुपैयाँसम्म कारोबार हुने गरेको राना बताउँछन्। ‘बढी उत्पादन गर्ने परिवारले बढी आम्दानी गर्छन्’, उनले भने, ‘थोरै उत्पादन गर्नेको थोरै आम्दानी हुन्छ।’ १५ वर्षदेखि बगरखेतीमा संलग्न अर्का कृषक बिरा रानाले बगरमा उत्पादन भएको लौका, तरबुजा बिक्री गर्दै आएकी छन्।

‘कमैयामुक्ति घोषणापछि वनहरा नदी छेउको जग्गामा पुनःस्थापना गरिँदा घर निर्माण र खेतीका लागि १० कट्ठा जग्गा उपलब्ध गराइएको थियो’ उनले भनिन्, ‘जग्गामा लगाएको अन्नबालीले ४ महिना पनि खान नपुग्ने भएपछि केही वर्ष मजदुरी गरेरै जीविका चलायौँ।’ अन्य नदीका बगरमा तरबुजा, काँक्रो रोपेको देखेपछि आफूहरुले पनि सिेको उनको भनाइ छ।

त्यसपछि मजदुरी गर्न छाडेर यसमै भविष्यका सपना बुन्न थालेको उनले् सुनाइन्। अहिले तरबुजा फलेका छन्। राना परिवारले यो खेतीलाई निरन्तरता दिँदै आएको छ। घर खर्च सहज रुपमा चलेकाले अरुसँग ऋण लिनुपर्ने अवस्था अन्त्य भएको उउनले बताइन्। राजमार्ग छेउमै बसेर १४ वर्षीया अस्मिता रानाले पनि तरबुजा बेच्दै आएकी छन्।

National life insurance

‘बिहान विद्यालय जान्छु, त्यसबेला आमाले टहराबाट बेच्नुहुन्छ, विद्यालयबाट फर्केपछि म  बेच्छु’ उनले सुनाइन्। अस्मिताले तरबुजा बेचेर आउने आम्दानीको पैसा मध्ये केही हिस्सा घर खर्चका लागि राखेर अरु पैसा विद्यालयमा आवश्यक पर्ने पोसाक, कापी, कलमलगायतमा खर्च हुन्छ। वनहरा मुक्तकमैया बस्तीकै ४० वर्षीया पूजा रानाले एक दशकदेखि राजमार्ग छेउमा तरबुजालगायत फलफूल बिक्री गर्दै आएकी छन्।

वनहरा नदीको बगरमा उनले १० कट्ठा जग्गामा तरबुजाखेती गरेकी छन्। ‘वैशाख महिनाको पहिलो हप्तादेखि बेच्न सुरु गरेका हौँ, उनले भनिन्, ‘अहिलेसम्म  ६५ हजार रुपैयाँभन्दा बढीको बिक्री गरिसकेका छौँ।’ उनका अनुसार प्रतिकिलो तरबुजा ३० देखि ४० रुपैयाँ सम्ममा बिक्री हुन्छ।

बीउबिजन र रासायनिक मलमा गरेर ३० देखि ४० हजार रुपैयाँ तरबुजाखेतीमा लगानी भएको अर्का कृषक थेग्रा राना बताउँछन्। रानाले बर्सेनि ५ लाख बढी मुनाफा आर्जन गर्दै आएको बताए। उनले यो महिनामा २० क्वीन्टल काँक्रो र ६० क्वीन्टल तरबुजा बिक्री गरिसकेका छन्।

‘बिहान बगरबाट टिपेर राखेको तरबुजा तथा सागसब्जी साँझ नपर्दै सकिन्छ। बढ्दो गर्मीका कारण ग्राहकले बढी माग गर्छन्’ स्थानीय नन्दलाल रानाले भन्छन्, ‘अरु क्षेत्रमा बेच्न लैजाँदा ढुवानी खर्च लाग्छ, निकै श्रम गर्नुपर्छ। घर नजिकैको राजमार्गमा सहजै बिक्री हुने भएपछि टहरामा बसेर बच्ने गरेका छौँ।’

पहिले इँटाभट्टामा काम गर्दै आएका तौला राना बगरखेतीबाट मनग्गे आम्दानी हुने थाहा पाएपछि मजदुरी गर्न छाडेर तरबुजाको खेतीमा संलग्न भए। वनहराबाहेक अन्य क्षेत्रका व्यापारीलाई त्यस क्षेत्रमा तरबुजा बेच्न नपाइने नियम मुक्तकमैयाले बनाएका छन्।

तरबुजा खरिद गर्न राजमार्ग छेउ पुगेका अमरपुरका अमरबहादुर ऐर वनहराका तरबुजा रसिला हुने हुँदा प्रत्येक वर्ष खरिद गरेर लैजाने गरेको बताउँछन्।‘अरु ठाउँको भन्दा यहाँका तरबुजा मीठा र सस्ता छन्, त्यसैले हामी तरबुजा खरिद गर्न हरेक वर्ष यहाँ आउँछौँ’ उनले भने। रासस 

प्रकाशित: May 08, 2025| 18:01 बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्