मंगलबार, मंसिर २, २०८२

परिवार नै सजग हुनुपर्छ बालिकालाई यौन दुराचारबाट बचाउन

 |  बिहीबार, वैशाख २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०८२

दुई वर्षअघि काठमाडौं नजिकैको एक जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई उनका ठूलोबुबाले बलात्कार गरे ।’ ती किशोरीका बुबा थिएनन्, आमा र छोरी ठूलोबुबाको घरमा बस्थे । ठूलोबुबाले बलात्कार गर्लान् भन्ने बालिकाले सोचेकी थिइनन् ।

National life

ठूलोबुबाले अँगालो हालेर म्वाई खाँदा उनी खुसी नै हुन्थिन् । तर एक दिन घरमा कोही नभएका बेला बालिकालाई बलात्कार गरे । आमाले थाहा पाइन् र पुलिसमा खबर गरिन् । तर ती किशोरी त मानसिक रोगीजस्तै भइन् । त्यो थाहा पाएर हामीले उनलाई ‘अन्तरदृष्टि’ नामक संस्था काठमाडौंमा ल्यायौं । उनको मन र शरीरको उपचार गरेपछि उनी अहिले पढ्दै छिन् । ठूलोबुबा जेलमा छन् ।

मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्छन्, ‘स्कुलमा शिक्षकहरूले, घरमा बुबा वा दाजुका साथीहरू वा काकाहरूबाट यौन दुर्व्यवहार हुँदा कति जना बालिका र किशोरीहरूले पहिले त डराएर आमा वा बज्यैलाई भन्दैनन् ।’
प्रायः हाम्रो समाजमा घरका मानिसले घरका दिदीबहिनी वा भतिजीलाई यौन दुर्व्यवहार गर्दैनन्, उनीहरूको बीचमा पवित्र सम्बन्ध हुन्छ भन्ने भावना पाइन्छ । तर यस्ता समस्याहरू बारम्बार समाजमा देखिएका छन् ।

सबै घरमा यस्ता समस्या हुन्छन् भन्ने होइन तर बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार घरका मानिसबाट र रगतको नाताबाट पनि हुन सक्छ । यस्तो सम्बन्ध हुँदा कति किशोरीहरू गर्भवती भएर स्त्री रोग विशेषज्ञकहाँ आएका पनि छन् । मेरी स्त्री रोग विशेषज्ञ साथीले यस्तै एक घटना सुनाएकी थिइन्, ‘केही महिनाअघि मकहाँ १५ वर्षकी किशोरीलाई गर्भपतन गर्न ल्याइयो । उनको ५ महिनाको गर्भ रहेछ ।उनकी दिदीले ल्याएकी थिइन् । दिदीलाई बाहिर पठाएर मैले किशोरीसँग कुराकानी गरें । त्यसपछि थाहा भयो, उनकी फुपूका श्रीमानले ती किशोरीलाई बलात्कार गर्दा रहेछन् । बाहिरबाट फुपाजुले ती किशोरीलाई निकै माया गरेको देखाउने र घरका मानिसले पनि ‘ऊ त फुपा र फुपूको छोरी नै भई’ भन्दारहेछन् ।

किशोरी ‘फुपाजुले बलात्कार गर्‍यो भनेर कसैलाई भन्यो भने पक्कै विश्वास गर्ने छैनन्’ भन्ने ठानेर सबै कुरा सहेर बसिन् । केहीअघि उनको महिनावारी रोकियो । तर ‘यस्तो त भई नै रहन्छ बढ्दो उमेरमा’ भनेर आमाले नै भनेपछि उनी चुप लागिन् । पछि उनको गर्भ रहेको कुरा आमा र दिदीलाई थाहा भयो । किशोरीले रुँदै भनेकी थिइन् । तर उनले उल्टै गाली खाइन् ।

Laxmi sunrise bank
kumari

घरका व्यक्तिले आफ्नो इज्जत बचाउन कसैलाई खबर नगरेर उनको गर्भपतन गर्न ल्याएका रहेछन् । अनि मैले दिदीलाई बोलाएर यस्तो घटना त पुलिसमा खबर गर्नुपर्ने भन्दा दिदीले चाहिँ ‘समाजमा इज्जत जाने र ती किशोरीको पनि जीवन बर्बाद हुने भएकाले पुलिसलाई खबर नगर्ने र जसरी भए पनि गर्भपतन गराइदिन’ आग्रह गरिन् । अनि मैले गर्भपतन गरिदिएँ ।’

बालबालिकाहरू कतिपय अवस्थामा आफूलाई के गरिरहेका छन् भन्ने कुरा नै बुझ्न सक्दैनन् । उनीहरूले सायद कसैले चिमोटेको, गालामा यौनको दृष्टिकोणले म्वाई खाएको आदि भन्न सक्दैनन् । त्यसैले बालिकाहरूलाई घरका ठूला व्यक्तिले विशेष सुरक्षा दिनुपर्छ ।

किशोरीहरूलाई आफ्नै उमेरका काकाका छोरा, मामा, दाजु, भाइहरूले पनि माया गर्ने निहुँमा अँगालो मार्ने, गालामा म्वाई खानेजस्ता यौन क्रियाकलापहरू गरेका हुन्छन् । यदि किशोरीहरूलाई पहिले नै यसका बारेमा ज्ञान भयो भने यस्ता घटना कम हुन सक्छन् । घरका बाबु वा आमाले कसैले उनलाई ‘अभद्र व्यवहार गरेमा, उनको शरीरको कुनै पनि भाग छोएमा, चुम्बन गरेमा वा बलात्कार गर्न कोसिस गरेमा तुरुन्त कसैलाई आएर भनिहाल्नु’ भनी सिकाउनुपर्छ । कडा स्वरमा प्रतिवाद गर्नुपर्छ भनेर पनि सिकाउनुपर्छ ।

आमा, दिदी, बुबाहरू सजग भएर आफ्ना छोरी, बहिनीलाई यस्तो यौन दुराचारबाट बचाउन सहयोग गर्नुपर्छ ।

प्रकाशित: May 08, 2025| 10:48 बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बिरानो बन्यो मेची पारिको नेपाल

बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि बालबालिका समेत भारत नै धाउनुपर्ने यहाँको बाध्यता छ।

बालबालिकालाई नेपालको महिमा पढाउनुपर्छ

आधुनिक प्रविधिको प्रभाव, प्रवासी जीवनशैलीको आकर्षण र सामाजिक सञ्जालको प्रभावले आजका बालबालिकाको ध्यान आफ्नो देश र संस्कृतिप्रति कमजोर बनाउँदैछ। यस्तो परिस्थितिमा नेपालको गौरव, मौलिकता र...

सडकको चर्को आवाज, संवादको मौनता

शिक्षकदेखि राजनीतिक दलसम्मको आन्दोलन यात्रा-आर्थिक क्षति, सामाजिक तनाव र शैक्षिक अवरोधको आत्मस्वीकृति, अब विश्वका सफल उदाहरणबाट सिक्दै संवादलाई संस्थागत गर्ने समय आएको छ।

अटिजम रोग होइन, लुकाउनु हुँदैन

यसलाई 'न्यूरो डेभलपमेन्ट डिसअर्डर' पनि भनिन्छ। अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्दा उनीहरु...