शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कृषिको उत्पाकदत्व बढाउन शुक्लाफाँटामा अनुदानमा साना सिँचाइ कार्यक्रम

कृषिको उत्पाकदत्व बढाउन शुक्लाफाँटामा अनुदानमा साना सिँचाइ कार्यक्रम

 |  मंगलबार, वैशाख २३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०८२

कञ्चनपुर- कृषिको उत्पाकदत्व बढाउन शुक्लाफाँटा नगरपालिकाले अनुदानमा साना सिँचाइका कार्यक्रमलाई प्राथमिकता राखेको छ। चार वर्षमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा टि-बोरिङ एकसय २४, डिपबोरिङ तीन र स्यालो टयुबेल ३२ किसानलाई उपलब्ध गराएको छ।

National life

नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार आार्थिक वर्ष २०७८/७९ मा स्यालो टयुबेल २६, २०७९/८० मा टिबोरिङ ६६, डिपबोरिङ तीन र आव २०८०/८१ मा टिबोरिङ ४२, स्यालो टयुबेल छ र आरटेजन बोरिङ तीनवटा किसानको खेतमा जडान गरिएका छन्।

चालु आवमा नगरपालिकाको कृषि विकास शाखाबाट १० वटा र वड नं ४ को बजेटबाट ६ वटा गरी १६ वटा टिबोरिङ किसानलाई उपलब्ध गराइएको छ। कृषि समूह, सहकारी, कृषि फार्ममार्फत किसानलाई अनुदानमा टिबोरिङ, स्यालो टयुबेल, डिप टयुबेल जडान गरिएको शाखा प्रमुख धामीले बताए।

भूमिगत जलस्रोतमा आधारित सिँचाइ प्रणालीमा जोड दिइएपछि किसानलाई खेतबारीमा लगाइने तरकारीबाली, अन्नबाली, उखुलगायत नगदेबालीमा सिँचाइ गर्न सहज भएको छ। अनुदानमा टिबोरिङ, स्यालो टयुबेल, डिपटयुबेललगायत उपलब्ध गराउने कार्यले नगरपालिकमा खेतीयोग्य जग्गाको ६५ प्रतिशत भागमा सिँचाइ सुविधा उपलब्ध भएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले बताए।

उनका अनुसार निजी क्षेत्रबाट जडान गरिएका र अनुदानमा उपलब्ध गराइएका टिबोरिङ, स्यालो टयुबेल, डिपटयुबेलबाट गरी नगरपालिकाको खेतीयोग्य जग्गाको झन्डै ९० प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको छ। 'सिँचाइको उपलब्धताले कृषिको उत्पादकत्व वृद्धि गर्न र किसानलाई समयमै खेती गर्न सहज भएको छ', उनले भने, 'सिँचाइकै सुविधाले विगतको तुलनामा व्यावसायिक खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।'

Laxmi sunrise bank
kumari

किसानले मौसमी र बेमौसी दुवैथरिको खेतीमा संलग्न रहँदै आएको उनको भनाइ छ। शुक्लाफाँटा-९ का किसान धनिराम चौधरीले अनुदानमा टिबोरिङ जडान भएपछि खेती समयमै लगााउन पाइएको बताए। 'विगतमा सिँचाइ सुविधा नहुँदा अकासे पानीको भर पर्नुपर्थ्यो, थोरै अन्न उत्पादन हुँदा परिवार पाल्न समस्या हुन्थ्यो', उनले भने, 'बोरिङ जडान भएपछि समयमै खेती गरिने भएकाले अन्न उत्पादन वृद्धि हुन थालेको छ।' रासस

प्रकाशित: May 06, 2025| 19:01 मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्