काठमाडौं- काठमाडौंको कलंकी नजिकै कोल्डड्रिक्स बोकेको पिकप भ्यान दुर्घटनामा परेको छ। सोमबार बिहान करिब ६:५० बजे बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो।
कलंकीबाट बल्खुतर्फ जादै गरेको पिकप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गरीले जानकारी दिए।
धादिङ बस्ने २४ बर्षिय चालक गौरव रानामगर शकुसल छन् भने अन्य मानविय क्षती नभएको प्रहरी प्रवक्ताले जानकारी दिए। उनले घटनाको थप विवरण आउन बाँकी रहेको समेत जानकारी गराए।