सोमबार, भदौ ९, २०८२

बलेवा-मालढुंगा सडक स्तरोन्नती, तराई र भारतको यात्रा छोटिदै

 |  आइतबार, वैशाख २१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०८२

vianetvianet

बागलुङ- एकवर्ष अगाडि सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बलेवा-मालढुंगा खण्डको कामले बल्ल गति लिएको छ। गत मंसिरमा सक्नुपर्ने उक्त खण्डको काम बजेट अभावका कारण रोकेको थियो। स्तरोन्नतिसहित कालोपत्रका लागि ५४ करोड रुपैयाँ लागतमा निर्माण थालिएको उक्त खण्डको हालसम्म ५० प्रतिशत काम सकिएको छ।

Kumaribank

अहिले सडक फराकिलो बनाउने, नाली निर्माणलगायत काम अन्तिम चरणमा पुगेको बलेवा-मालढुंगा खण्डका इन्जिनियर उत्वस बस्यालले जानकारी दिए। उनका अनुसार २०७९ मंसिर २६ गते सम्झौता गरेर खड्का-कृष्ण-बिएन जेभीले जिम्मा लिएको थियो। गत मंसिर २९ गते सकिनुपर्ने काम लामो समय रोकिएपछि एक वर्षका लागि म्याद थप गरिएको छ।

निर्माण कम्पनीले आगामी मंसिर २४ सक्ने गरी निर्माणलाई तीव्रता दिएको इन्जिनियर बस्यालको भनाइ छ। कोरिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्दछ। त्यसमध्ये हालसम्म १० किमी सडक मात्रै कालोपत्र भएको छ। गुल्मी र बागलुङको सीमाना पालुङखोलाबाट बलेवासम्म पहिलो र बलेवाबाट मालढुंगासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर काम भइरहेको छ। 

‘निर्माण कम्पनीले अहिले धमाधम काम गरेको छ, बलेवाबाट मालढुंगा खण्डको धेरै ठाउँमा कामदार लगाएर कालोपत्र गर्नेगरी तयारी भइरहेको छ’ उनी भन्छन्, ‘बर्खा अगाडि ४ कलिोमिटर कालोपत्र सक्ने गरी काम भइरहेको छ। निर्माण कम्पनीले यही गतिमा काम गर्यो र बर्खामा ठूलो समस्या भएन भने मंसिरमा काम सकिन्छ।’

ट्र्याक खुलेको लामो समयपछि सडक कालोपत्र सुरु भएपछि यात्रुलाई सहज हुने भएको छ। सवारी चालक यमन थापा साँघुरो र अप्ठ्यारो सडकका कारण जोखिम मोलेर वर्षौंदेखि यात्रा गर्दै आएको बताउँछन्। तर, अहिले सडक फराकिलो बन्दै गएपछि सहज भएको उनको भनाइ छ। अहिले बलेवाबाट मालढुंगासम्म सडक फराकिलो र सजिलो भएको चालकको भनाइ छ।

Metro Mart

‘यो सडक खुलेको धेरै वर्षपछि अहिले स्तरोन्नतिपछि यात्रा सजिलो भएको छ, पहिले गाडीको पट्टा भाँचिने, हिलोमा अड्किने र यात्रु बीचबाटोमा अलपत्र पर्ने स्थिति थियो’ चालक थापा भन्छन्, ‘अहिले धेरै राम्रो भएको छ, यो सडक कालोपत्र भयो भने बुटवल जान पोखरा पुग्नुपर्ने बाध्यता अन्त्य हुन्छ। यहाँबाट छोटो समयमा भैरहवा, बुटवल र सुनौली पुग्न सकिन्छ।’

नवलपुरको गैँडाकोटबाट कोराला नाकासम्म ४ सय ९५ किमी रहेको कोरिडोर बागलुङको मालढुंगा क्षेत्रमा २ सय ४० किमी पर्दछ। यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरवाह र भारतसम्म पुग्ने यात्रा छोट्याइदिएको स्थानीय बताउँछन्। रासस 

प्रकाशित: May 04, 2025| 16:01 आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्