शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार भन्दा माथि पुगेको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

पोखरा– गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार भन्दा माथि पुगेको छ। प्रदेशमा आइतबार एक महिनायताकै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। 

National life

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार १२ जनाको ज्यान गएको छ। शनिबार १० जना संक्रमितको मृत्यु भएको थियो। पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ।। शनिबार नवलपुरका ५ सहित स्याङ्जाका ४ र कास्कीका ३ जनाको ज्यान गएको हो।

यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेका संख्या १ हजार १ सय ९२ पुगेको छ। प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी डा. बुद्धिप्रसाद पौडेलले जानकारी दिए। 

पौडेलका अनुसार गण्डकी प्रदेशमा हालसम्म २ लाख ९१ हजार ९७ जनाको कोरोना परीक्षण गरिएको छ। ती मध्ये ७५ हजार ६सय ८६जनामा कोरोना पोजेटिभ देखिएको छ। यसैगरी ८६ हजार ३ सय ६५ जना संक्रमित छन्। कुल संक्रमित मध्ये ६ हजार १ सय ३८ जना सक्रिय संक्रमित छन्। 

आइतबार २ सय ३२ संक्रमणमुक्त भएसँगै प्रदेशमा कोरोना निको हुनेको संख्या ६८ हजार ३ सय ५६ पुगेको छ।

Laxmi sunrise bank
kumari

प्रदेशमा लागु भएको निषेध आदेश खुकुलो भएसँगै नागरिकले स्वास्थ्य मापदण्ड नअपनाउँदा कोरोना संक्रमण बढेको प्रदेश स्वास्थ्य निर्देशक डा. खिमबहादुर खड्का बताउँछन्। कोरोना संक्रमण बढेसँगै प्रदेशका जिल्लाहरुमा निषेध आदेशलाई कडाइ गर्न थालिएको छ। यसैक्रममा वागलुङमा निषेध आदेशलाई कडाइ गरिएको छ। 


प्रकाशित: Aug 16, 2021| 14:19 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।