शुक्रबार, मंसिर १२, २०८२

गण्डकी प्रदेशमा बजेटको तयारी

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

गण्डकी- गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि तयारी थालेको छ। 

National life

बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए। नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको उनको भनाइ छ। 

‘निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञसँग पनि बजेट निर्माणबारे छलफल भइरहेको छ’, महाशाखा प्रमुख रिज्यालले भने, ‘आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयसँग छलफल गर्दैछौँ।’ बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरुको अपेक्षा र रायसुझाव लिइएको उनले बताए। 

छलफलका क्रममा स्थानीय तहहरुले बजेट समावेशी र प्रभावकारी बनाउन सुझाव दिएको उनको भनाइ छ। ‘बजेट निर्माणको प्रक्रियालाई सहभागितामूलक बनाउन पूर्वतयारी छलफलले मन्त्रालयलाई महत्वपूर्ण सहयोग पुगेको छ’, उनले भने।

चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घट्ने देखिएको उहाँको भनाइ छ। समानीकरण अनुदानमा भएको कटौती र राजश्व खुम्चँदा बजेट घट्ने भएको हो। चालु आवमा प्रदेश सरकारले रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो। आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ‘सिलिङ’ तोकिएको महाशाखा प्रमुख रिज्यालले जानकारी दिए। प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 30, 2025| 14:47 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्