आइतबार, असार ७, २०८३

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

 |  शुक्रबार, चैत २९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २९, २०८१

बागमती-  मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

National life

आज बिहान मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आफ्नै घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर गाउँपालिका– ५ सिमलटार निवासी ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

करेन्ट लागेर सिकिस्त भएका तिमल्सिनाको हेटौँडाअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

यस्तै, हेटौँडा–धरान चतरा सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १६ गुरुधामचोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। ठूलोदमारबाट हटियातर्फ जाँदै गरेको बा प०३–०४ प ९५२६ नं को स्कुटरको ठक्करबाट पैदलयात्री स्थानीय ७६ वर्षीय अनिरुद्र बाँस्ताकोटीको मृत्यु भएको अर्यालले जानकारी दिए। 

दुर्घटनामा परेर गम्भीर घाइते बाँस्ताकोटीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा गएराति मृत्यु भएको हो। 

Shivam cement

सोही दुर्घटनामा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका– १७  ठूलोगँगटे निवासी २७ वर्षीय सन्दिप थापा घाइते भएको र उहाँको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 11, 2025| 14:44 शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्