बिहीबार, पुस १०, २०८२

कारागार चलान हुँदै गर्दा के भने रविले ?

 |  सोमबार, चैत २५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१

काठमाडौं- पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, निलम्बित सांसद एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन्।

National life

उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि शुक्रबार राति काठमाडौंमा पक्राउ गरिएका लामिछानेलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो। त्यसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको छ। कारागारको थुनुवा कक्षतर्फ लैजाँदै गर्दा सञ्चारकर्मीले अदालतको आदेशप्रति भन्नु केही छ भन्ने प्रश्नमा उनले भने,‘केही छैन,सम्मान छ ।’

लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ। उनी बसेको ब्लक अहिले सिंगल छ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो।

प्रकाशित: Apr 07, 2025| 12:49 सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्