बिहीबार, पुस १०, २०८२

कालो मास्क लगाएर सडकमा निस्किए शिक्षक

 |  सोमबार, चैत २५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१

काठमाडौं- विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै सडक आन्दोलन गरिरहेका शिक्षकहरु आज कालो मास्क लगाएर सडक प्रदर्शनमा उत्रिएका छन्। आजैदेखि नेपाल शिक्षक महासंघले शैक्षिक हड्तालको घोषणा गरेको छ।

National life

सरकारले वार्ता, संवाद र छलफलको आह्वान गर्दा पनि महासंघले अस्वीकार गर्दै आएको छ। शिक्षक महासंघमा कांग्रेस, एमाले, माओवादीलगायत विभिन्न राजनीतिक दल आबद्ध शिक्षक संगठन, निजी विद्यालय शिक्षक युनियन, विद्यार्थी–कर्मचारी संघका घटकहरू आबद्ध छन्। 

महासंघले घोषणा गरेको शैक्षिक हडतालले देशभरका ३४ हजार सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गतिविधि प्रभावित भएको छ।

हडतालका कारण ७० लाख बालबालिकाको शैक्षिक गतिविधिको तयारी बिथोलिनुका साथै एसईईमा सहभागी ५ लाख विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने भएको छ। 

प्रकाशित: Apr 07, 2025| 12:27 सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्