बिहीबार, असार ४, २०८३

रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान

 |  सोमबार, चैत २५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई शुक्रबार राति काठमाडौंमा पक्राउ परेका शनिबार बिहान भैरहवा लगिएको थियो। दुई दिन बिदा भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो।

आज उनलाई अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो।

प्रकाशित: Apr 07, 2025| 11:26 सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्