बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रातारात पक्राउ गरिएका रवि लामिछानेलाई दुई दिनपछि अदालतमा उपस्थित गराइँदै

रातारात पक्राउ गरिएका रवि लामिछानेलाई दुई दिनपछि अदालतमा उपस्थित गराइँदै

 |  सोमबार, चैत २५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ।

National life

शुक्रबार राति काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने छ।

अदालतमा उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै उनलाई थुनामा पठाइने छ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले  लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो।

जिल्ला अदालतले त्यसअघि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो। उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।

Laxmi sunrise bank
kumari

उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि उनलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरी  रूपन्देही पठाइएको थियो।

शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहे। अब भने उनले मुद्दाको फैसला नहुन्जेल कारागारमा बस्नु पर्नेछ।
 

प्रकाशित: Apr 07, 2025| 07:01 सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्